मंगलबार , अषोज २७, २०८३

लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम फेरेको छ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ।

त्यसै गरेर आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संशोधन गर्ने निर्णय गरेको छ।

बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताललाई २ सय बेडको अस्पताल बनाउने गरी कर्मचारी व्यवस्थापन (ओएनएम) को स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री पाण्डेले जानकारी दिए।

त्यसै गरेर आर्थिक वर्ष २०७८/७९ को सशर्त अनुदान तर्फको दायित्व भुक्तानीको स्वीकृत गरेको छ।

त्यस्तै निर्देशनालयको व्यवस्थापनको लागि प्रदेश सरकारका विभिन्न मन्त्रालय अन्तर्गत रहेका निर्देशनालयको कार्यक्षेत्र, भूमिका,सेवाको प्रभावकारिता र आवश्यकताको अध्ययन गरी प्रभावकारी कार्य सम्पादन र कर्मचारीको वृत्ति विकासको पक्ष समेत विश्लेषण गरी अध्ययन गर्न नेपाल सरकारका पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गर्ने र त्यो समितिले एक महिना भित्रमा अध्ययन प्रतिवेदन पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले बताए।

केही दिन अघि दाङको दंगीशरण गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका दुई जनालाई र बर्दियामा एक वर्ष अघि गोली लागेर ज्यान गुमाएकी विद्यार्थी नविना थारूलाई प्रदेश सरकारको तर्फबाट जनही एक/एक लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP