आइतबार , बैसाख ७, २०८२

रुकुम पश्चिमको स्यार्पु तालमा डुबेर एक छात्रा बेपत्ता भएकी छन्।

बाफिकोट गाउँपालिका वडा नम्बर ३ अनिगाउँकी ११ वर्षीया टीका विक मंगलबार दिउँसो साढे १ बजेतिर तालमा डुबेर बेपत्ता भएकी हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार ताल क्षेत्रमा गएकी उनी चिप्लिएर तालमा खसेकी थिइन्।

उनी स्यार्पु माविमा कक्षा ४ मा पढ्ने छात्रा हुन्।

उनी तालमा खसेपछि साथीहरूले विद्यालयमा गएर खबर गरेका थिए। प्रहरीले बेपत्ता बालिकाको खोजी कार्य जारी राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP