मंगलबार , अषोज २७, २०८३

चितवनको खैरहनी नगरपालिकाको बजेटको आकार घटेको छ । नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले पेश गरेको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ४१ करोड ३४ लाख ८० हजार कम छ ।

नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ९४ करोड ८८ लाख ९५ हजारको बजेट पेश गरेको छ । चालु आर्थिक बर्षका लागि गत वर्ष संशोधित १ अर्ब ३६ करोड २३ लाख ७७ हजारको बजेट पेश गरिएको थियो । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले चालु खर्चतर्फ ४८ करोड २६ लाख ८४ हजार -५०.८६ प्रतिशत) र पुँजीगततर्फ ४६ करोड ६२ लाख ११ हजार -४९.१४प्रतिशत) बजेट विनियोजन गरेको छ ।

नगरसभामा पेश भएको विवरण अनुसार आगामी आर्थिक वर्षका लागि पेश भएको बजेट आर्थिक वर्ष २०७८/७९ को यथार्थभन्दा ०.९६ प्रतिशत बढी हो भने, चालु आर्थिक वर्षको भन्दा २८.२४ प्रतिशतले कम हो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष आन्तरिक आय १७ करोड ७० लाख ३८ हजार, संघीय सरकारको सशर्त अनुदान २४ करोड १४ लाख, समानीकरण अनुदान १५ करोड ७६ लाख र संघीय सरकारबाट बाँडफाँट भई प्राप्त हुने ११ करोड ३४ लाख २० हजार, भारतीय राजदूतावासबाट प्राप्त हुने आय १ करोड र चालु आर्थिक वर्षको अनुमानित बैंक मौजदात ४ करोड गरी नगरपालिकाले ९४ करोड ८८ लाख ९५ हजार आय अनुमान गरेको छ ।

यस्तै व्ययतर्फ कार्यसञ्चालन तथा प्रशासनिक खर्च ११ करोड ९९ लाख, नगरस्तरीय गौरवका आयोजनामा ७ करोड ७० लाख, नगरस्तरीय योजना तथा कार्यक्रम खर्च तर्फ ४९ लाख २५ हजार, नगरस्तरीय पूर्वाधारका कार्यक्रमहरु ३ करोड ४० लाख ४० हजार खर्च हुने अनुमान छ ।

वडास्तरीय योजना तर्फ १७ करोड २६ लाख, विषयगत शाखा त

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP