मंगलबार , अषोज २७, २०८३

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने बताएका छन्।

माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग आज कुराकानी गर्दै नेता पुनले चैत ५ गते जसपाको बैठक रहेको र त्यो बैठकपछि नयाँ सरकार बन्ने दाबी गरेका हुन्।

‘चैत ५ गते जसपाको बैठक छ। त्यो बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिन्छ,’ उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धन बन्छ।’

आज बसेको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै कायम राख्ने निर्णय गरेको उनले बताए।

एमालेमा गएका नेताहरूलाई पार्टीमा फर्कनसमेत समय दिइएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP