आइतबार , बैसाख ७, २०८२

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने बताएका छन्।

माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग आज कुराकानी गर्दै नेता पुनले चैत ५ गते जसपाको बैठक रहेको र त्यो बैठकपछि नयाँ सरकार बन्ने दाबी गरेका हुन्।

‘चैत ५ गते जसपाको बैठक छ। त्यो बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिन्छ,’ उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धन बन्छ।’

आज बसेको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै कायम राख्ने निर्णय गरेको उनले बताए।

एमालेमा गएका नेताहरूलाई पार्टीमा फर्कनसमेत समय दिइएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP