मंगलबार , अषोज २७, २०८३

तानसेन नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । १३ औ नगरसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो । नगरसभामा नगरप्रमुखको तर्फबाट उपप्रमुख प्रतिक्षा सिंजालीले वार्षिक नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।

तानसेनभित्र पर्यटक लक्षित पूर्वाधारहरूको विकास गरी पर्यटकीय गन्तव्य बनाउने उल्लेख छ । तानसेनलाई हिल स्टेशन तथा सांस्कृतिक नगरको रुपमा विकास गर्ने, नगरभित्रका प्राचिन शैलीबाट बनेका घर, पार्टीपौवाको संरक्षण गरिने, ऐतिहासिक पाल्पा दरबार परिसरमा तत्काल ढुंगा छपाइएको काम गरिनुको साथै यस क्षेत्रको सौन्दर्यीकरण र विकासका लागि संघ तथा प्रदेश सरकार र पुरातत्व विभागसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । यस्तै रानीमहल पूर्वाधार विकास तथा प्रवद्र्धन कार्यक्रम र श्रीनगर उद्यान संरक्षण तथा सम्वद्र्धन कार्यक्रमको लागि स्रोत व्यवस्थापन गरिने, श्रीनगरसम्म जाने कालोपत्रे सडकको स्तरोन्नती गरिने, अर्गाली दवारसहित नगर भित्रका पुरातात्विक सम्पदाहरुको संरक्षण, व्यवस्थापन गरिने, तानसेन –१३ छेर्लुङ्गको सपलकमा रहेको ३ सय वर्ष पुरानो ऐतिहासिक बगैचालाई कालीगण्डकी नदीको बहावले क्षति पु¥याउँदै आएकोमा त्यसको संरक्षण गरिने उल्लेख गरिएको छ ।

यस्तै श्रीनगर–रानीमहल केवलकार निर्माण, कुहिरेभिर रक क्लाइम्बिङ योजना निर्माण गर्न निजी क्षेत्रलाई आकर्षित गर्ने नीतिगत व्यवस्था गरिने छ । अमरणनारायण फूलबारी, वंशगोपाल पार्क, बौघापोखराथोकको जर्नेटा टुँडिखेल, कुहिरे भीर, सिद्धगुफा, चेचीकोट, रुरु क्षेत्र लगायतका क्षेत्रको वृहत योजना तयार गरी सोही बमोजिम पर्यटकीय क्षेत्रहरुको विकास गरिने, माडीफाँटको ढाव क्षेत्रलाई माण्डव्य सरोबरको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरी पर्यटकीय आकर्षणको केन्द्र बनाईने, बौघागुम्बा होमस्टे, मदनपोखराको छापमा सञ्चालित होमस्टे लगायत नगर भित्र रहेका होमस्टेहरुको प्रवद्र्धन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै नगर सरकारले नगरको ऐतिहासिक संस्कृति र परम्पराको प्रवद्र्धन गर्न तानसेनमा सञ्चालन गरिने जात्रा तथा पर्वहरुहरुलाई विशेष ध्यान दिने बताएको छ । नगर सरकारले भगवती रथ यात्रा, अमरनारायण रथयात्रा, गाईजात्रा, रोपाई जात्रा, बाघ जात्रा, चुुईकी फिराईलगायतका जात्राहरुलाई निरन्तरता दिन समन्वय र सहकार्य गर्ने उल्लेख गरेको छ । सभामुखको भूमिकामा रहेका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगर सभा सदस्यहरुमा प्रश्न गर्ने र सुझावहरु निर्धक्कका साथ राख्ने क्षमताको विकास भएकोमा खुसी व्यक्त गरे । उनले गत वर्ष ल्याएको नीति तथा कार्यक्रम सबैको सहयोग र साथले अधिकांश कार्यान्वयन गर्न सफल भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP