मंगलबार , बैसाख २९, २०८३

पाल्पाको लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पतालले विद्यार्थीहरुबाट सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क असुलेको छ । कलेजले इन्टर्नसिप तथा अन्य अतिरिक्त शुल्क असुलेको तर फिर्ता नगरेपछि अतिरिक्त शुल्क फिर्ताको माग गर्दै विद्यार्थीहरु तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन् ।

विद्यार्थीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित कलेज परिसरमा प्रदर्शन गरेका हुन् । लुम्बिनी मेडिकल कलेज दसौं ब्याच २०१७ डिसेम्बर एमबीबीएसका विद्यार्थीहरुले आफूहरुलाई कलेज प्रशासनले अनावश्यक अतिरिक्त शुल्क लिएको दाबी गरेका छन् । सय जनामध्ये ५६ जना विद्यार्थी अहिले इन्टर्नसिपमा जाने छन् ।

कलेजले इन्टर्नसिप शुल्क २ लाख, विश्वविद्यालय सम्बन्धन शुल्क ९५ हजार, शिक्षा सेवा शुल्क ४७ हजार ९ सय र अन्य अतिरिक्त शुल्क दसौं ब्याचका विद्यार्थीलाई मात्र लिएको दाबी छ । इन्टर्नसिप हुनु भन्दा अघि नै अतिरिक्त शुल्क फिर्ता गर्न पटक पटक निवेदन दिएको तर फिर्ता गर्न आलटाल गरेको एक विद्यार्थीले बताए ।
विद्यार्थीले पटकपटक निवदेन दिएपनि सुनुवाइ नभएपछि कलेज परिसरमा शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । काठमाडौं विश्वविद्यालयले चैत–वैशाख मसान्तमा अन्तिम वर्ष लिएको परीक्षामा उतीर्ण विद्यार्थीहरुले असार ५ गतेबाट इन्टर्नसिप सुरु हुनुपर्ने थियो । विद्यार्थीले इन्टर्नसिप सुरु गर्न मानेका छैनन् ।

अतिरिक्त शुल्क र इन्टर्नसिपमा पाउनु पर्ने आधारभूत भत्ता यही समय अवधिभरमा पाउनु पर्ने हुन्छ । कलेजले उल्टै धम्क्याउने र जे गर्नुछ गर्नु भन्ने गैर जिम्मेवार जवाफ दिने गरेको आन्दोलित एक विद्यार्थीले आरोप लगाए ।

लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका कम्पनी सचिव कृष्णप्रसाद पराजुलीले पहिला लिन पाउने व्यवस्था अनुसार नै अतिरिक्त शुल्क लिएको बताए । तर अहिले चिकित्सा शिक्षा आयोगले गरेको निर्णय अनुसार त्यसपछिका विद्यार्थीलाई नलिएको उनले बताए । पराजुलीले एक वर्षको अवधिमा विद्यार्थीलाई नै निर्वाह भत्ता बापत दिइने बताए ।

तर विद्यार्थीमाथि इन्टर्नका नाममा शोषण गरेको विद्यार्थीको आरोप छ । १२ देखि १४ हजार रुपैयाँ विद्यार्थीलाई इन्टर्न अवधिभर दिने गरिन्छ । मुलुकभरका अधिकांश निजी मेडिकल कलेजमा पढ्दै आएका विद्यार्थी यस्तै समस्यामा रहेका छन् । निजी मेडिकल कलेजहरूले ४५ लाख भन्दा बढी लिन पाइँदैन तर विद्यार्थीले भने ६० लाख रुपैयाँ भन्दा बढी पढाइ शुल्क तिर्नुपर्ने बाध्यता रहेको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP