शनिबार , बैसाख ६, २०८२

रुकुम पश्चिममा जिप दुर्घटना  भएको छ । १ च २७९६ को डबल क्याप जिप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

रुकुम प्रहरीका‌‌ अनुसार मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गर्दा जिप दुर्घटना भएको हो ।  घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका – ५ की ८ बर्सिया बालिका वर्षा केसी रहेकी छन् । उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको छ । अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ६ जना मुसिकोट नगरपालिकाका र दुई जना दाङका रहेका छन् । घाइते सबैलाई उद्धारपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP