मंगलबार , अषोज २७, २०८३

रुकुम पश्चिममा जिप दुर्घटना  भएको छ । १ च २७९६ को डबल क्याप जिप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

रुकुम प्रहरीका‌‌ अनुसार मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गर्दा जिप दुर्घटना भएको हो ।  घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका – ५ की ८ बर्सिया बालिका वर्षा केसी रहेकी छन् । उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको छ । अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ६ जना मुसिकोट नगरपालिकाका र दुई जना दाङका रहेका छन् । घाइते सबैलाई उद्धारपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP