
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असार तेस्रो साता बस्ने भएको छ । बैठकमा पार्टी एकतासहित संगठनलाई चलायमान बनाउनेलगायतका विषयमा छलफल हुने भएको छ । नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबीच एकताबारे लामो समयदेखि पहल भइरहेपनि मूर्तरुप लिन नसकेको सन्दर्भमा यसबारेमा पनि छलफल हुने पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।
उनकाअनुसार बैठक असार २३ गतेदेखि सुरु हुने छ । चार दिनसम चल्ने बैठकमा पार्टीको २ महिने अभियान, सरकारको काम कारवाही, समाजवादी मोर्चा र नेसपासँगको एकताको बिषयमा छलफल हुने उनको भनाइ छ ।