शनिबार , बैसाख ६, २०८२

चीनको उत्तरपश्चिम क्षेत्रको निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट भएको छ।

बुधबार राति  निङ्गसिय स्वायत्त क्षेत्रको यिन्चुआन सहरस्थित एक बारबीक्यु रेष्टुरेन्टममा विस्फोट हुँदा ३१ जनाले ज्यान गुमाएको समाचार संस्थान सिन्ह्वाले उल्लेख गरेको छ।

सिन्ह्वाका अनुसार रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको हो।

विस्फोटमा परी सात जना घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको बताइएको छ।

घटनाबारे चिनियाँ राष्ट्रपति सी जिनपिङले दुःख व्यक्त गरेका छन्। उनले औद्योगिक र व्यवसायिक क्षेत्रमा सुरक्षा लगातार निरीक्षण गर्नु र गराउन अधिकारीहरूलाई निर्देशन समेत दिएका छन्।

यसअघि  २०१५ मा श्रृंखलावद्ध  विस्फोटमा  तियन्जिनको उत्तरी क्षेत्रमा १७३ जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP