शनिबार , बैसाख ६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इतिहास पढ्ने विषय मात्रै नभइ रच्ने विषय पनि भएको बताएका छन्।

रास्वपाले आज पहिलो स्थापना दिवस मनाउँदैछ। अघिल्लो असार ७ गते स्थापना भएको पार्टी अहिले २१ सिटसहित संसदको चौथो दल बनेको छ।

सभापति लामिछानेले ‘होइन, छैन र सकिँदैन’ मात्र नभइ ‘हो, छ र सकिन्छ’ भन्दै अघि बढ्नुपर्ने बताए।

‘आलोचना त कालिकोटमा अस्पताल बनाउँदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बढ्ने लाख बाटो भेटिन्छन्। के छान्ने आफ्नो हातमा हुन्छ। रास्वपा एक वर्षको हुँदा हिजोको जग खडा गर्नु हुने सिधा कुरा टिमका साथीहरूलाई सम्झन चाहन्छु’ उनले भनेका छन्।

उनले आज साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटकक घण्टी बजाएर ऐक्यबद्धता जनाउन भनेका छन्।

अहिले रास्वपाको केन्द्रीय कमिटी बैठक बसिरहेको छ। बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म चियापान आयोजना गरिएको रास्वपाले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP