मंगलबार , अषोज २७, २०८३

काठमाडौं महानगरपालिकाले रोक लगाएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) लाई शैक्षिक मेला गर्न बाटो खुला भएको छ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले अन्तरिम आदेश जारी गर्दै महानगरलाई उक्त मेला नरोक्न आदेश दिएको उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन‍्।

‘हिसानलाई शैक्षिक मेला गर्न बाटो खुलेको छ’, उनले भनिन्।

एसइई र प्लस टुको रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाका नाममा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेका भन्दै गत बिहीबार महानगरपालिकाले मेला बन्द गराएको थियो।

सोमबार महानगरले शिक्षा मेलामा रोक लगाएकोविरूद्ध हिसानको तर्फबाट उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दर्ता गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP