मंगलबार , अषोज २७, २०८३

जिप दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहलाई विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । वुधबार धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

सिंहको पार्थिव शरीरमा मुख्यममन्त्री, प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरु, राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरका नेता, धनगढीका मेयर गोपाल हमाल लगायतले पुष्पगुच्चासहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।

prithivi-sradanjali-sava (2)

आन्तरिक मामिला तथा कानून मन्त्रालयकाअनुसार मन्त्री सिंहको शव श्रद्धाञ्जलीका लागि केही समय कर्भड हलमै राखिनेछ भने त्यसपछि अन्त्येष्टिका लागि हेलिकप्टरमार्फत बझाङ लगिनेछ । मन्त्री सिंहको गृह जिल्ला बझाङ जाने क्रममा सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेर निधन भएको थियो । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै भएको दुर्घटना परेर मन्त्री सिंहसहित उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको थियो ।

prithivi-sradanjali-sava (4)prithivi-sradanjali-sava (5)prithivi-sradanjali-sava (6)prithivi-sradanjali-sava (7)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP