मंगलबार , अषोज २७, २०८३
जापानमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन्।

बुधबार जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा मृत फेला परेका हुन्।

उनले गत अप्रिलमा सेम्बुन गाक्को सकाएर एउटा कम्पनीमा काम सुरू गरेका थिए। मे २ देखि काममा नगएपछि कम्पनीले अमृतको सोधखोज गरेको थियो।

उनी बस्ने घरसम्म सोधखोज गर्दापनि बुढा नभेटिएपछि सोमबार कोठाका खान्द्रीलाई खबर गरी कोठा खोलेर हेर्दा उनी मृत फेला परेको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले जानकारी दिए।

उनको शव सडेगलेको अवस्थामा फेला परेको पनि वरिष्ठ उपाध्यक्ष निउरेले जानकारी दिएका छन्। शव सडेगलेको अवस्थामा रहेकाले भोलि दिउँसो साढे १ बजे जापानमै अन्त्येष्टी गर्न लागिएको उनले बताए।

त्यसका जापानमा रहेका नेपालीहरूलाई उपस्थित हुनका लागि पनि उनले आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP