आइतबार , जेठ २६, २०८२
जापानमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन्।

बुधबार जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा मृत फेला परेका हुन्।

उनले गत अप्रिलमा सेम्बुन गाक्को सकाएर एउटा कम्पनीमा काम सुरू गरेका थिए। मे २ देखि काममा नगएपछि कम्पनीले अमृतको सोधखोज गरेको थियो।

उनी बस्ने घरसम्म सोधखोज गर्दापनि बुढा नभेटिएपछि सोमबार कोठाका खान्द्रीलाई खबर गरी कोठा खोलेर हेर्दा उनी मृत फेला परेको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले जानकारी दिए।

उनको शव सडेगलेको अवस्थामा फेला परेको पनि वरिष्ठ उपाध्यक्ष निउरेले जानकारी दिएका छन्। शव सडेगलेको अवस्थामा रहेकाले भोलि दिउँसो साढे १ बजे जापानमै अन्त्येष्टी गर्न लागिएको उनले बताए।

त्यसका जापानमा रहेका नेपालीहरूलाई उपस्थित हुनका लागि पनि उनले आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP