सोमबार , अषोज २६, २०८३

गायक तथा संगीतकार नन्दु परियारको संगीतमा लोकदोहोरी गित “अन्त नभने’’ रिलिज भएको छ । पछिल्लोलो समय युवा पुस्कताका लोकप्रिय गायक बिक्रम परियार र गायिका गरिमा कार्किको स्वरमा रहेको यो गित गायक बिक्रम परियारको अफिसियल YouTube Channel देखि बजारमा ल्याइएको हो, गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने चर्चित हास्य कलाकार सगर लम्साल ‘बले’ र गीता ढुंगाना को अभिनय रहेको छ । गुल्मीमा जन्मेका नन्दु परियार बिगत एक दशक देखि सांगीतिक क्षेत्रमा सक्रिय छन । ‘गुल्मी रोधी लोक तारा’ को प्रथ बिजेता बनेका नन्दु परियार सानै देखि गित गाउँ रुचाउथे । पछिल्लो समय उनले संगीत गरेको लोक दोहोरी गित ‘नन्दनी’ ले युवा पुस्ताको मन जितेको थियो ।

२०६८ सालमा ‘अरु भन्दा भाछु भिन्न म’ नामक लोक गित रेकर्ड गराएर सांगीतिक क्षेत्रमा प्रवेश गरेका नन्दु परियार लामो समय सम्म बुटवलमा बसेर संघर्स गरे पनि सलाफताको स्वाद भने चाख्न पाएका थिएनन । सांगीतिक जीवनको पहिलो कर्म थलो बुटवल छोडेर काठमाडौं आए लगत्तै उनले सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै प्रभाव छोड्न सफल भएका छन् । निरन्तर संघर्स र साधनाले एक दिन सफलताको शिखरमा पुर्याउछ भन्ने अठोट लिएर सांगीतिक क्षेत्रमा होमिएका नन्दु परियारले क्षणिकको चर्चामा भन्दा आफ्नो सृजनामा बिस्वास गर्ने बताउछन ।

गायिकीमा पनि अब्बल रहेका नन्दु परियारका दर्जनौ गितहरु आफ्नै स्वरमा बजारमा आइसकेका छन । भर्खरै रिलिज भएको अन्त नभने गितलाइ पनि पहिलेका गित हरुलाई जस्तै दर्शक स्रोताले मन पराइदिनेमा नन्दु बिस्वस्त छन् । काजिश श्रेष्ठ ले निर्देशन गरेको लोक गित अन्त नभने लाइ नवराज उप्रेतीले खिचेका हुन् भने दिपक बिस्टले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP