शुक्रबार , भाद्र १२, २०८३

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन मजदुरको पारिश्रमिक बढेको बताएको छ।

टानका अनुसार पाँच वर्षपछि यसपालि मजदुरहरूको पारिश्रमिक बढेको हो। यसअघि पर्यटन मजदुरको तलब २०७५ साल मंसिरमा बढेको थियो।

टानले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बढेको पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुने बताएको छ।

नयाँ पारिश्रमिक दरअनुसार अब गाइड (पथ प्रदर्शक) का रूपमा खटिने पर्यटन मजदुरले दैनिक तीन हजार एक सय रूपैयाँ पाउने छन्।

यसअघि अन्नपूर्ण क्षेत्रमा जाने गाइडको दर दुई हजार एक सय रूपैयाँ प्रतिदिन थियो। सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन दुई हजार दुई सय ६८ रूपैयाँ थियो।

त्यस्तै सहायक गाइडको पारिश्रमिक प्रतिदिन दुई हजार आठ सय रूपैयाँ पुगेको छ। यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन दुई हजार १६ रूपैयाँ र सगरमाथाको दुई हजार एक सय रूपैयाँ तोकिएको थियो।

सहयोगी श्रमिक/मजदुर (पोर्टर) को पारिश्रमिक अब दिनको दुई हजार चार सय रूपैयाँ पुगेको छ। यसअघि उनीहरूको पारिश्रमिक अन्नपूर्ण क्षेत्र जाँदा एक हजार नौ सय ३२ रूपैयाँ र सगरमाथा क्षेत्रमा दुई हजार एक सय रूपैयाँ थियो।

टानको तथ्यांक अनुसार हाल मुलुकभर तीन हजारभन्दा बढी ट्रेकिङ एजेन्सी छन्। यिनमा बीस हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP