शुक्रबार , बैसाख ५, २०८२

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन मजदुरको पारिश्रमिक बढेको बताएको छ।

टानका अनुसार पाँच वर्षपछि यसपालि मजदुरहरूको पारिश्रमिक बढेको हो। यसअघि पर्यटन मजदुरको तलब २०७५ साल मंसिरमा बढेको थियो।

टानले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बढेको पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुने बताएको छ।

नयाँ पारिश्रमिक दरअनुसार अब गाइड (पथ प्रदर्शक) का रूपमा खटिने पर्यटन मजदुरले दैनिक तीन हजार एक सय रूपैयाँ पाउने छन्।

यसअघि अन्नपूर्ण क्षेत्रमा जाने गाइडको दर दुई हजार एक सय रूपैयाँ प्रतिदिन थियो। सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन दुई हजार दुई सय ६८ रूपैयाँ थियो।

त्यस्तै सहायक गाइडको पारिश्रमिक प्रतिदिन दुई हजार आठ सय रूपैयाँ पुगेको छ। यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन दुई हजार १६ रूपैयाँ र सगरमाथाको दुई हजार एक सय रूपैयाँ तोकिएको थियो।

सहयोगी श्रमिक/मजदुर (पोर्टर) को पारिश्रमिक अब दिनको दुई हजार चार सय रूपैयाँ पुगेको छ। यसअघि उनीहरूको पारिश्रमिक अन्नपूर्ण क्षेत्र जाँदा एक हजार नौ सय ३२ रूपैयाँ र सगरमाथा क्षेत्रमा दुई हजार एक सय रूपैयाँ थियो।

टानको तथ्यांक अनुसार हाल मुलुकभर तीन हजारभन्दा बढी ट्रेकिङ एजेन्सी छन्। यिनमा बीस हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP