शुक्रबार , भाद्र १२, २०८३
प्रतिनिधि सभा सदस्यको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

बैठकमा चलिरहेको २०८०/८१ को बजेटमाथि छलफल जारी छ। मन्त्रालयगत छलफलको क्रममा शहरी विकास मन्त्रालयले पेश गरेको पुस्तिकामा प्रदेशको नामकरण नराखिएको भन्दै नेकपा एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका थिए।

उनले आपत्ति जनाएपछि शहरी विकास मन्त्री सिता गुरूङले त्यसमा त्रुटि भएको भए सच्याइने बताएका थिए। त्यसमाथि सभामुख घिमिरेले पनि रूलिङ गरेका थिए।

तर सांसद थापाले त्रुटि प्रष्ट भएको र त्यसलाई सच्याएरमात्रै संसदमा छलफल अघि बढाउनुपर्ने बताएका हुन्।

त्यसैक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि सभामुखले रूलिङ गरिसकेको विषयमा पुन: आपत्ति नजनाउन प्रतिपक्षी दललाई अनुरोध समेत गरेका थिए। तर एमाले सांसद रघुजी पन्तले यसरी प्रत्येक मन्त्रालयले प्रदेशको नाममा त्रुटि गर्न सक्ने भन्दै एकरूपता हुने खालको रूलिङ गर्नुपर्ने माग गरे।

त्यसविषयमाथि थप छलफल नगर्ने भन्दै सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्ने जानकारी गराएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP