शुक्रबार , भाद्र १२, २०८३
नेपालको हवाई सुरक्षा तथा हवाई सुरक्षामा संलग्न सुपरीवेक्षण क्षमता अभिवृद्धिमा फ्रान्सको नागरिक उड्डयन प्राधिकरणले सहयोग गर्ने भएको छ।

यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डामिएनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार फ्रान्स र नेपालबीच प्राविधिक सहायता उपलब्ध गराउन सोमबार फ्रान्सको राजधानी पेरिसमा सम्झौता भएको छ।

यससँगै फ्रान्सले नेपाललाई हवाई सुरक्षा अभिवृद्धि गर्न मद्दत पुर्‍याउने उनले बताए।

यो सम्झौता चार वर्षसम्म कायम रहनेछ।

सम्झौतामा यदि कुनै मुलुकलाई सम्झौता खारेज गर्नुपर्ने अवस्था आएमा लिखित निवेदन दिनुपर्ने प्रावधान छ।

त्यस्तै निवेदन दिएको ६० दिनमा सम्झौता खारेज गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP