शुक्रबार , चैत्र २८, २०८१

कर्णाली नदीमा जिप खसेको छ।

सोमबार बिहान हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख डिएसपी भीमलाल भट्टराईले जानकारी दिए।

नाम्खा गाउँपालिका-२ स्थित उकालोमा उक्लिन नसकेपछि जीपमा सवार सबै यात्रु ‌ओर्लेका थिए।

जीपका चालक जनकपुर वतन भएका राजेश लामा गम्भीर घाइते भएका छन्। जीप खसेपछि उनी हामफालेर बाँच्न सफल भएको डिएसपी भट्टराईले जानकारी दिए।

उनलाई उपचारका लागि सुर्खेत अस्पताल लैजान लागिएको डिएसपी  भट्टराईले बताए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेका कारण विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP