मंगलबार , बैसाख २९, २०८३

काठमाडाैं : भारतीय कप्तान विराट कोहली र युवा विकेटकिपर ब्याट्सम्यान इशान किशनले नयाँ रेकर्ड बनाएका छन्।

इंग्ल्यान्ड विरुद्धको दोस्रो टि–२० मा ७ विकेटको जित निकाल्दा यी दुई खेलाडीको प्रदर्शन महत्वपूर्ण रह्यो। यो खेलमै विराट कोहलीले टि–२० क्रिकेटमा ३ हजार रन पूरा गर्ने विश्वको पहिलो खेलाडी बने। इशान भने डेब्यु खेलमै ४ छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी बने।

खेलमा कोहलीले ४९ बलमा ७३ रन बनाउँदै अविजित इनिङ खेलेका थिए। योसँगै कोहलीले ८७ टि–२० खेलमा ५०.८६ को औसतमा ३००१ रन बनाए। न्युजिल्यान्डका मार्टिन गुप्तिल ९९ खेलमा २८३९ रन बनाएर दोस्रो नम्बरमा छन्।

म्याकुलमको नाममा हजार र २ हजार रन

टि–२० मा सर्वाधिक १ हजार र २ हजार रनको कीर्तिमान न्युजिल्यान्डका स्टार खेलाडी ब्रेन्डम म्याकुलमको नाममा थियो। उनले मे २०१० मा हजार रन बनाउने विश्वको पहिलो खेलाडीको कीर्तिमान बनाउँदा २०१४ को मार्चमा टि–२० क्रिकेटमा २ हजार रनको कीर्तिमानी बनाएका थिए। तर उनले २०१९ मा संन्यास लिएका थिए।

इशान डेब्युमा अर्धशतक बनाउने दोस्रो भारतीय

टि–२० क्रिकेटमा इशानले डेब्यु खेलमै अर्धशतकीय इनिङ खेले। ३२ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेल्दै डेब्यु खेलमै अर्धशतक बनाउने उनी दोस्रो भारतीय खेलाडी बने। यसअघि अजिंक्य रहाणेले डेब्यु खेलमै अर्धशतक बनाएका थिए।

त्यस्तै उनी पहिलो खेलमा ४ छक्का प्रहार गर्ने पहिलो भारतीय बने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP