मंगलबार , बैसाख २९, २०८३

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ का संवाद लेखक मनोज मुन्तशिरले नेपाल सन् १९०४ सम्म भारतकै हिस्सा रहेको कुतर्क गरेका छन्।

‘जानकी भारतीय छोरी हुन’ भन्ने गलत संवादबारे भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै संवाद लेखक मुन्तशिरले फेरि अर्को गल्ती र कुतर्क गरेका हुन । उनले अन्तर्वार्तामा नेपाल १९०४ सम्म भारतकै हिस्सा भएको बताएका छ ।

उनले नेपालमा विरोध गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादको विषयमा प्रश्न उठेपछि अर्को गल्ती गरेका छन् ।

‘नेपालमा भइरहेको विरोधलाई मैले अझैसम्म बुझ्न सकिरहेको छैन। यो जतिबेलाको कहानी हो, त्यतिबेला त नेपाल भारतको एक अंश थियो,’ उनले भने, ‘यदि हामीले सीतालाई भारतको छोरी भनिरहेका छौं भने नेपाल त्यतिबेला कहाँ भारतबाट अलग थियोरु नेपाल त १९०२ वा १९०४ मा भारतबाट अलग भएको थियो। भारत नै थियो नेपाल।’

फिल्मको कथा देखाइएको समयमा नेपाल भारतकै हिस्सा भएको भन्दै उनले नेपाल र भारतलाई आफूले अलग नमान्ने बताएका छन्।

‘यदि नेपालीहरूलाई कुनै आपत्ति छ भने मसँग कुरा गरेको खण्डमा म उनीहरूलाई सम्झाउन सक्छु। देश र भौगोलिक रूपमा नेपाल अलग भए पनि राष्ट्रको हिसाबमा भारत र नेपाल आज पनि फरक छैनन्। राष्ट्रको हिसाबले यस्तो छ कि भारतीय राष्ट्रियताको स्वर नेपालसम्म सुनिन्छ।’उनले भनेका छन् ।

फिल्ममा भएको ‘सीता भारतीय छोरी’ भन्ने संवादका कारण नेपालको सेन्सर बोर्डले फिल्मलाई प्रदर्शन अनुमति दिन रोकेको थियो। तर पछि संवाद मौन अर्थात् म्युट गरिएपछि सेन्सर बोर्डले प्रदर्शनका लागि प्रमाणपत्र दिएको हो।

यस विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले पनि संवाद फिल्मको मूल अंशबाट हटाउन चेतावनी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP