शुक्रबार , भाद्र १२, २०८३

सवारी दुर्घटनामा परी स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको निधन भएको छ।

शुक्रबार राति अन्दाजी ११ बजे जिल्लाकै पुतलीबजार नगरपालिका-१० बरजास्थित सिद्धार्थ राजमार्गमा उनी चढेको बा १५ च १७०९ नम्बरको स्कारपिओ गाडी दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको भएपनि चिकित्सकले ११:४० बजे उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र अधिकारीले जानकारी दिए।

उनका अनुसार गिरी राङखोलाबाट  स्याङ्जा बजारतर्फ जाँदै थिए। उनी सवार गाडी अनियन्त्रित भइ दुर्घटना भएको थियो।

गाडीचालक पुतलीबजार नगरपालिका-९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई नियन्त्रणमा लिइएको डिएसपी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP