शुक्रबार , चैत्र २८, २०८१

सवारी दुर्घटनामा परी स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको निधन भएको छ।

शुक्रबार राति अन्दाजी ११ बजे जिल्लाकै पुतलीबजार नगरपालिका-१० बरजास्थित सिद्धार्थ राजमार्गमा उनी चढेको बा १५ च १७०९ नम्बरको स्कारपिओ गाडी दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको भएपनि चिकित्सकले ११:४० बजे उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र अधिकारीले जानकारी दिए।

उनका अनुसार गिरी राङखोलाबाट  स्याङ्जा बजारतर्फ जाँदै थिए। उनी सवार गाडी अनियन्त्रित भइ दुर्घटना भएको थियो।

गाडीचालक पुतलीबजार नगरपालिका-९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई नियन्त्रणमा लिइएको डिएसपी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP