सोमबार , अषोज २६, २०८३

पछिल्लो पाँच महिनामा ३४ लाख यात्रुले हवाइ यात्रा गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार अन्तर्राष्ट्रिय र आन्तरिक दुबैतर्फ गरी ३४ लाख ७४ हजार चार सय ४० जना यात्रुले हवाइ यात्रा गरेका हुन्।

विमानस्थल कार्यालयको तथ्यांक अनुसार सन् २०२३ को जनवरीदेखि मेसम्ममा १८ लाख ४३ हजार चार सय ९० जना अन्तर्राष्ट्रिय यात्रुले त्रिभुवन विमानस्थलबाट यात्रा गरेका छन्।

यसमध्ये आठ लाख ४६ हजार २०७ जना यात्रु नेपाल भित्रिएका छन्। त्यस्तै नौ लाख ९७ हजार दुई सय ८३ जना यात्रु बाहिरिएका छन्।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार यस अवधिमा १२ हजार सात सय ६६ वटा अन्तर्राष्ट्रिय उडान त्रिभुवन विमानस्थलबाट भएका छन्।

यी उडानमध्ये ६ हजार दुई ८२ उडान नेपालबाट विदेशका लागि उडेका छन् भने छ हजार तीन ८४ वटा उडान नेपाल भित्रिएका छन्।

आन्तरिकतर्फ १६ लाख ३० हजार नौ सय ५० जनाले यात्रा गरेका छन्।

यीमध्ये आठ लाख १९ हजार छ सय ४३ यात्रु भित्रिएका छन्। त्यस्तै ८ लाख ११ हजार तीन सय सात यात्रु बाहिरिएका छन्।

यी उडानमध्ये २० हजार एक सय ७५ उडान त्रिभुवन विमानस्थलबाट बाहिरिएका छन् भने २० हजार एक सय ६१ उडान उक्त विमानस्थल भित्रिएका छन्।

तथ्यांक अनुसार ५ महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर ७ हजार तीन सय २५ जनाले यात्रा गरेका छन्। त्यस्तै यही अवधिमा जहाजहरूले ९ हजार दुई २३ टन कार्गो बोकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP