मंगलबार , बैसाख २९, २०८३

नेपालमा मनसुनी प्रणाली भित्रिएको तीन दिन भइसक्दा पनि पश्चिम नेपालसम्म फैलिन सकेको छैन । पूर्वी नेपालमा भौतिक संरचनामा क्षति पुग्ने गरी वर्षा र बाढी आउँदा पश्चिम तराईका जिल्लामा भने तातो हावा र लुको अवस्था छ ।

नेपालमा यस वर्षको मनसुन जुन १४ तारिखमा भित्रिएको थियो । यो पूर्व र मध्य नेपालमा केन्द्रित छ । तर पश्चिमतर्फ सर्न सकेको छैन ।

मौसमविद सन्जिव अधिकारीका अनुसार पश्चिम नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम छ । त्यसले मनसुनी प्रणालीलाई फैलिन रोकिरहेको छ । जसले गर्दा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरुमा अत्यधिक गर्मी कायम छ । ‘तराईका जिल्लामा अझै केही दिन गर्मी नै हुने देखिन्छ,’ मौसमविद अधिकारीले भने, ‘पूर्वी तराईमा थोरै कम भए पनि पश्चिम तराईमा तातो हावा वा लुको अवस्था छ ।’

बिहीबार सबैभन्दा धेरै अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ४३.३ डिग्री सेल्सियस मापन भएको थियो । बाराको सिमरा र बाँकेको नेपालगञ्जमा समान ४१, कैलालीको धनगढीमा ३९.७, डोटीको दिपायलमा ३९.५, सुर्खेतको वीरेन्द्रनगरमा ३८.७ र दाङको घोराहीमा ३८.१ डिग्री सेल्सियस मापन भएको छ ।

मौसमविद विनोद पोख्रेलका अनुसार तराईका अधिकांश भूभागमा कम्तिमा ३–४ दिनसम्म सुक्खा हुने पूर्वानुमान छ । मध्यपहाडी, पूर्वी र मध्य क्षेत्रहरुमा भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमा महाशाखाका मौसमविद सन्जिव अधिकारीका अनुसार अहिले मनुसन कोशी प्रदेश र त्यस आसपासमा मात्र सक्रिय छ ।

गत २४ घण्टामा ताप्लेजुङमा सबैभन्दा धेरै ३१.६ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP