मंगलबार , असार २३, २०८३

काठमाडौँ — अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा कलाकारहरूसमेत पक्राउ परेका छन् । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेललगायतका कलाकारलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।

कार्यालयका एक प्रहरी अधिकारीका अनुसार उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन।

यसअघि बुधबार मात्र यसै प्रकरणमा अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका थिए । विश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूमध्ये एकै व्यक्तिले विभिन्न व्यक्तिका कागजात प्रयोग गरी ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस घटनामा ७४ करोडभन्दा बढी कारोबार भएको देखिएको छ । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न/गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP