शुक्रबार , भाद्र १२, २०८३

पर्साबाट सशस्त्र प्रहरी बलले २५ लाख रूपैयाँ बराबरका भन्सार छलेर ल्याएका सामान बरामद गरेको छ।

बुधबार वीरगन्ज महानगरपालिका- १० आदर्शनगर इलाकाबाट २५ लाख २५ हजार ६ सय रूपैयाँ बराबरको सामान बरामद गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

दुइटा ठेलामा लोड गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लिखित मूल्य बराबरको बिल-बिजक नभएको लत्ताकपडा, स्मार्ट घडी र इयरबड्स लगायत सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले बरामद गरेको हो।

सामान ल्याउने व्यक्तिहरू भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छाडेर फरार भएका थिए।

बरामद गरिएमध्ये बिलबिजक बिनाको सुटिङको कपडा ५ लाख ७० हजारको तथा अन्य लत्ताकपडा, स्मार्ट घडी र इयरबड्स गरी १९ लाख ५५ हजार ६ सय रूपैयाँको  छ।

बरामद सामान आवश्यक कारबाहीका लागि बुधबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP