शनिबार , जेठ २५, २०८२

मे ३० देखि अमेरिका भ्रमणमा रहेका भारतीय कांग्रेसका नेता राहुल गान्धीले अमेरिकामा ट्रक सवार गरेका थिए।

राहुलले वासिङ्टनदेखि न्युयोर्कसम्म १९० किलोमिटर ट्रकमा यात्रा गरेका हुन्। उनले यसको भिडियो सामाजिक सञ्जालमा पनि शेयर गरेका छन्। यस क्रममा राहुलले भारतीय मूलका ट्रक चालक ताजिन्द्र सिंहलाई आफ्नो आम्दानीबारे सोधे। जब चालकले आफ्नो कमाइ बताए, राहुल छक्क परे।

ताजिन्द्रले राहुललाई भारतका ट्रक चालकहरूले ड्राइभरको तुलनामा धेरै कमाउने गरेको बताए। ताजिन्द्रले भने, ‘भाडाअनुसार चलाउँदा ५-६ लाख कमाइन्छ।

ताजिन्द्रले भने, ‘यदि तपाईंसँग आफ्नै ट्रक छ भने, तपाईंले एक महिनामा ८ लाख रुपैयाँसम्म कमाउन सक्नुहुन्छ।’

यो सुनेर राहुल छक्क परे। ताजिन्द्रले अमेरिकामा ट्रक चलाएर धेरै कमाउन सकिने बताए। उनले भारतमा ट्रक चालकले आफ्नो परिवारलाई राम्ररी पाल्न सकिने बताए।

राहुल वासिङ्टनदेखि न्यूयोर्कको यात्रामा ट्रक चालकको छेउमा बसेका थिए। त्यस क्रममा राहुललाई ताजिन्द्रले अमेरिकामा ट्रक चलाउनु सम्मानको काम हो भनी बताएका थिए।

@Ukera Source

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP