शनिबार , भाद्र १३, २०८३

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको वार्ताको सुरुवात राम्रो भए पनि छुट्टिने बेलामा टर्रो कुरा भएको प्रतिक्रिया दिएका छन् ।

विभाजनउन्मुख देखिएको एमालेको दुई समूहका शीर्ष नेताहरुबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो । तर दुबै पक्ष आ आफ्नो अडानमा रहेपछि कुनै सहमति हुन सकेन ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले भने, ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो ।’

सर्वोच्च अदालतले फैसलाअनुसार एमालेको पार्टीको संरचना, पादधिकारी र सदस्य जुन अवस्थामा थियो, त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने उनले बताए । साथै २८ गते अध्यक्ष ओलीले आफ्नो समूह राखेर गरेको निर्णय खारेज गर्नुपर्ने आफूहरुको माग रहेको भन्दै उनले भने, त्यसैमा कुरा मिलेन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP