सोमबार , अषोज २६, २०८३

प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको सनाखत भएसँगै मृतक सबैको सनाखत भएको हो।

सोमबार पौने ४ बजे स्वर्गद्वारी नगरपालिका-४ भि‌ं‌ग्रीस्थित सडक घुम्तीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो। उक्त दुर्घटनामा ज्यान गुमाउने सबै  दाङका हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार मृत्यु हुनेमा बालक शिशिर खनालसहित तुलसीपुर- १५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास, गढवा गाउँपालिका- ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय छोरा आदित्य शाह र कारचालक लमही नगरपालिका- ५ का ४९ वर्षीय तारा कुमाल छन्।

घोराहीका शिशिर सरिताका साथीको छोरा भएको प्रहरीले जानकारी दिएको छ।

शर्मा र शाहको परिवार घोराही- १० नारायणपुरमा कोठा भाडामा बस्दै आएका थिए। शाह स्थानीय एक फर्निचर उद्योगमा काम गर्थे। सरिताका श्रीमान भने वैदेशिक रोजगारीमा छन्।

स्वर्गद्वारी मन्दिर दर्शन गरी दाङतर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका- ४ भिंग्रीको घुम्तीमा दुर्घटनामा परेको थियो।

प्रहरीका अनुसार कार करिब ४५ मिटर तल सडकमा आएर बजारिएको थियो। गुल्टिँदै कार माथिल्लो सडकबाट तल्लो सडकमा बजारिएको हुँदा ठूलो मानवीय क्षति भएको डिएसपी खड्काले बताए। तीव्र गतिको कार घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको आशंका गरिएको पनि उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP