सोमबार , अषोज २६, २०८३

मंगोलियन हार्ट ब्याण्डका गायक राजु लामा संगीत मात्र होइन, पछिल्लो समय वातावरणीय अभियन्ताको रुपमा समेत सक्रिय छन् । जलवायु संकट र प्राकृतिक विपत्तिविरुद्ध एकजुट हुनेबारे विश्वलाई सन्देश दिन गत वर्ष उनले सर्वोच्च शिखर सगरमाथा आरोहण गरे ।

गत साता ‘हिमालले डाक्यो मलाई’ गीत सार्वजनिक गर्दै उनले जलवायु अभियानमा संगीतमार्फत सन्देश दिने प्रयत्न गरे । उनका पछिल्ला कार्यहरु संगीतमार्फत वातावरण संरक्षणका लागि केन्द्रित छन् । सगरमाथा विजयपछि फर्किएका उनले अनलाइनखबरसँग कुरा गर्दै एक लाख बिरुवा रोप्ने घोषणा गरेका थिए ।

सोही प्रतिबद्धतालाई निरन्तरता दिंदै उनले जेठ १२ गते राजु लामा फाउण्डेसनबाट उपल्लो मुस्ताङको लोमान्थाङमा तीन हजार भोटे पिपल जातका विरुवा रोपे । स्थानीयसँगको सहकार्यमा उनले उक्त क्षेत्रको पर्यावरण जगेर्ना गर्न वृक्षारोपण गरेको जनाएका छन् । प्राप्त तस्वीरमा राजुलाई गैंती बेल्चा लिएर बिरुवा रोपिरहेको देख्न सकिन्छ ।

‘रुख रोपौं, आशा रोपौं’ नारासहित वृक्षारोपण गरिएको हो । उपल्लो मुस्ताङको पर्यटकीय थलो लोमान्थाङले पछिल्लो समय सुख्खा र खानेपानी संकटको सामना गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP