मंगलबार , बैसाख २९, २०८३

रूपन्देहीको तिलोत्तमामा शनिबार राति सडक दुर्घटनामा १ जनाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका- ३ शान्तिकुञ्जमा भएको त्यस दुर्घटनामा पाँच जना घाइते भएको प्रहरीले जानकारी दियो।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा सडक बत्तीको पोल र भित्तामा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले बताएको छ।

दुर्घटनामा अर्घाखाँची छत्रगञ्ज गाउँपालिका-८ घर घएका ३२ वर्षीय गाडी चालक विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले बतायो। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ, वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का सुदर्शन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन्।

उनीहरू पाँचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP