सोमबार , चैत्र २४, २०८१

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- ४ मेलम्ची खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

आइतबार अपराह्न ४ बजे पौडी खेल्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हेलम्बु गाउँपालिका -६ का १३ वर्षीय अजय तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको हो।

बालक इष्टपोइन्ट एकेडेमीमा कक्षा ५ मा अध्ययनरत रहेको हेलम्बु गाउँपालिका-४ का वडा अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए।

‘साथीहरूसँग पौडी खेल्न गएको रहेछन्, एकछिनसम्म बाहिर ननिस्किएपछि साथीहरूले वरपरका मानिसलाई बोलाएर खोजिएको हो,ʼ वडाध्यक्ष तामाङले भने।

उनको शव पोस्टमर्टमको लागि मेलम्ची अस्पताल लैजाने तयारी भइरहेको वडाध्यक्ष तामाङले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP