शुक्रबार , भाद्र १२, २०८३

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- ४ मेलम्ची खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

आइतबार अपराह्न ४ बजे पौडी खेल्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हेलम्बु गाउँपालिका -६ का १३ वर्षीय अजय तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको हो।

बालक इष्टपोइन्ट एकेडेमीमा कक्षा ५ मा अध्ययनरत रहेको हेलम्बु गाउँपालिका-४ का वडा अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए।

‘साथीहरूसँग पौडी खेल्न गएको रहेछन्, एकछिनसम्म बाहिर ननिस्किएपछि साथीहरूले वरपरका मानिसलाई बोलाएर खोजिएको हो,ʼ वडाध्यक्ष तामाङले भने।

उनको शव पोस्टमर्टमको लागि मेलम्ची अस्पताल लैजाने तयारी भइरहेको वडाध्यक्ष तामाङले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP