सोमबार , अषोज २६, २०८३

काठमाडौं । बलिउड अभिनेता सनी देओलको आगामी फिल्मको छायांकन नेपालको मुस्ताङमा हुने भएको छ । मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्रमा लोकेसन खोजी गरेर उक्त फिल्मको टोली शुक्रबार भारत फर्किएको छ ।

बलिउडको नाम चलेको ब्यानरबाट निर्माण गर्ने बताइएको यो फिल्मको बजेट सय करोड भारु बताइएको छ । फिल्मको ६० प्रतिशत छायांकन मुस्ताङमै हुने र नोभेम्बरदेखि छायांकन गर्ने तयारी छ । फिल्मको नेपाल व्यवस्थापनमा सक्रिय थ्री ह्विलर्स कम्पनीका अनुसार अन्तिम चरणको ‘लोकेसन रेकी’को लागि २० जनाको टोली पुनः जुलाई पहिलो साता नेपाल आउँदैछ ।

‘उहाँहरु मुस्ताङमा सुटिङ गर्न ९० प्रतिशत निश्चित हुनुहुन्छ । जुलाई पहिलो साता पुनः रेकीको तयारी छ । सय करोड बजेट भनिए पनि नेपालमा कति खर्च गर्नुहुन्छ, उहाँहरुको कुरा हो,’ कम्पनीका प्रमुख सुरज आचार्यले अनलाइनखबरसँग भने । उनका अनुसार उक्त फिल्मको करिब २० दिन नेपालमा छायांकन हुनेछ ।

उनले कम्पनी र निर्देशकको नाम खुलाएनन् । ‘बलिउडका चर्चित फिल्महरु निर्माण गरेको कम्पनी हो,’ उनले भने, ‘विस्तृत चाँडै पत्रकार सम्मेलनमार्फत जानकारी गराइनेछ ।’ थ्री ह्विलर्स कम्पनीकै व्यवस्थापनमा यसअघि बलिउडकै ‘उचाइ’ फिल्मको छायांकन पनि नेपालमा भएको थियो ।

सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमार्फत नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्य स्थल बनाउने उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP