सोमबार , अषोज २६, २०८३

अष्ट्रेलियामा सबैभन्दा कम पारिश्रमिक पाउने कामदारको तलब बढ्ने भएको छ । आगामी जुलाई १ बाट कामदारको तलब ५.७५ प्रतिशतले बढ्न लागेको हो। बढेको तलब अनुसार अब सबैभन्दा कम पारिश्रमिक पाउने कामदारले प्रतिघण्टा न्युनतम पारिश्रमिक २३ डलर २३ सेन्ट कमाउने छन्।

फेयरवर्क ओम्बुस्डम्यानको पहलमा महंगीको मारमा परेका कामदारलाई राहत दिनेगरी २ डलरको तलबबृद्धीको निर्णय गरेको हो। सो निर्णयले २.७५ मिलियन कामदारहरूले प्रत्यक्ष लाभ लिने समाचारमा बताइएको छ।

जुलाई १ बाट अष्ट्रेलियामा काम गर्ने कामदारले हप्ताको ८८३ डलरसम्म कमाउने छन्।

एफडब्लुएफका अध्यक्ष एडम ह्याचरले भने, गत वर्षको ५.२ प्रतिशतको न्यूनतम ज्याला वृद्धिले चारमध्ये एक जना कामदारलाई असर गरेको थियो जसको पारिश्रमिक राष्ट्रिय कुलको ११ प्रतिशत थियो। तर त्यो वृद्धिले कुल ज्याला वृद्धिको १० प्रतिशत भन्दा कम बनायो र ज्याला–मूल्य सर्पिलमा योगदान गरेको थिएन। आयोगले विशेषगरी न्यून तलब पाउनेलाई आधारभूत आर्थिक आवश्यकता पूरा गर्ने क्षमतामा विचार गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP