बिहिबार , चैत्र २७, २०८१

अष्ट्रेलियामा सबैभन्दा कम पारिश्रमिक पाउने कामदारको तलब बढ्ने भएको छ । आगामी जुलाई १ बाट कामदारको तलब ५.७५ प्रतिशतले बढ्न लागेको हो। बढेको तलब अनुसार अब सबैभन्दा कम पारिश्रमिक पाउने कामदारले प्रतिघण्टा न्युनतम पारिश्रमिक २३ डलर २३ सेन्ट कमाउने छन्।

फेयरवर्क ओम्बुस्डम्यानको पहलमा महंगीको मारमा परेका कामदारलाई राहत दिनेगरी २ डलरको तलबबृद्धीको निर्णय गरेको हो। सो निर्णयले २.७५ मिलियन कामदारहरूले प्रत्यक्ष लाभ लिने समाचारमा बताइएको छ।

जुलाई १ बाट अष्ट्रेलियामा काम गर्ने कामदारले हप्ताको ८८३ डलरसम्म कमाउने छन्।

एफडब्लुएफका अध्यक्ष एडम ह्याचरले भने, गत वर्षको ५.२ प्रतिशतको न्यूनतम ज्याला वृद्धिले चारमध्ये एक जना कामदारलाई असर गरेको थियो जसको पारिश्रमिक राष्ट्रिय कुलको ११ प्रतिशत थियो। तर त्यो वृद्धिले कुल ज्याला वृद्धिको १० प्रतिशत भन्दा कम बनायो र ज्याला–मूल्य सर्पिलमा योगदान गरेको थिएन। आयोगले विशेषगरी न्यून तलब पाउनेलाई आधारभूत आर्थिक आवश्यकता पूरा गर्ने क्षमतामा विचार गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु