सोमबार , अषोज २६, २०८३

काठमाडौँ : आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गर्यो। केही बस्तुको भन्सार दर र अन्तःशुल्क बढाइयो भने केही बस्तुको घटाइयो।

आर्थिक विधेयकमार्फत करका दरमा हेरफेर गरिनु स्वाभाविक हो। सरकारमा रहेको दलका सांसद जो व्यवसायमा पनि संलग्न हुन्छन् उनीहरूको पकड रहेको उत्पादनको करको दरमा चलखेल हुने गरेको देखिन्थ्यो।

कांग्रेस सरकारको प्रमुख सहयोगी। अर्थमन्त्री कांग्रेसकै। विनोद चौधरी कांग्रेस सांसद। करको दर हेरफेर गर्दा यस पटक सबैभन्दा धेरै असर चौधरीको पकड रहेको उत्पादनमा असर पर्ने देखियो।

सरकारले यस पटक नूडल्स (चाउचाउ)मा प्रतिकिलो १७ रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर प्रतिकिलो २० रुपैयाँ पुर्यायो। यसको प्रत्यक्ष असर चाउचाउ उद्योगमा पर्नेछ।

चौधरी ग्रुपले उत्पादन गर्ने वाइवाइ नेपालको लोकप्रिय चाउचाउ हो जसले नेपालको चाउचाउ बजारमा एकछत्र राज छ।

कुरकुरे, कुरमुरे, लेज, चिजवल्समा पनि अन्तःशुल्क बढेको छ। यी उत्पादनमा चौधरी ग्रुपको बलियो उपस्थिति छ।

सरकारले बियरमा लाग्ने अन्तःशुल्क प्रति लिटर २२८ रुपैयाँबाट बढाएर २३५ रुपैयाँ पुर्याएको छ। चौधरी मदिरा उद्योगमा पनि संलग्न छन्। नेपाल आइस चौधरी ग्रुपको उत्पादन हो।

चौधरी ग्रुप पछिल्लो समयमा इलेक्ट्रिक भेइकलको कारोबारमा संलग्न छ। बजेटले इलेक्ट्रिक भेइकलको भन्सार महसुल बढाएको छ।

सरकारले ११ देखि १४ सिटे विद्युतीय सवारीमा लाग्दै आएको भन्सार महसुल १ प्रतिशतबाट बढाएर १० प्रतिशत कायम गर्यो।

सरकारले विभिन्न जुसमा लाग्दै आएको महसुल प्रतिलिटर ११ रुपैयाँबाट बढाएर १३ रुपैयाँ पुर्याएको छ।

चौधरी ग्रुपले रियो लगायतको जुस उत्पादन र बिक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP