
काठमाडौं : शुक्रबार भैरहवा र सिमरामा सबैभन्दा बढी तापक्रम मापन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार भैरहवा र सिमरामा ४०.५ डिग्री सेल्सियस तापक्रम भएको हो।
यस्तै जनकपुरमा ४०.४ तथा नेपालगञ्ज र विराटनगरमा समान ३८.६ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ।
महाशाखाले दिउँसो छुट्टै तातो दिन तथा लू सम्बन्धी बुलेटिन निकालेर आगामी पाँच दिनसम्म तराई भूभागमा तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
यस्तै, पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्नसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
पछिल्लो केही दिनदेखि देशभरको अधिकतम र न्यूनतम तापक्रममा बढिरहेको छ र अझै बढ्दै जाने देखिएको छ।