मंगलबार , असार २३, २०८३

एजेन्सी : अभिनेत्री सारा अली खानले मध्यप्रदेशको उज्जैनस्थित महाकाल मन्दिरको दर्शन गरेपछि आफूलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गरेकी छन्।

सामाजिक सञ्जालमार्फतले उनले आफ्नो व्यक्तिगत आस्थामाथि कसैले पनि हमला नगर्न आग्रह गरेकी छन्।

उनले भनेकी छन्, ‘यो मेरो व्यक्तिगत विश्वास हो, म अजमेर शरीफ पनि त्यत्तिकै भक्तिका साथ जान्छु जति भक्तिका साथ बंगला साहिब अनि जति भक्तिका साथ महाकाल मन्दिर। जो बोल्न चाहन्छ बोल्न सक्छ, मलाई कुनै समस्या छैन।’

सारा अली खानको फिल्म ‘जरा हटके जरा बचाके’ रिलिज हुन लागेको छ, जसलाई लिएर उनले देशभर प्रचार गरिरहेकी छन्।

यसै सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले ट्रोलिङको विषयमा आफ्नो मौनता तोडेकी हुन्।

उनले हालै उज्जैनको महाकाल मन्दिरको दर्शन गरेपछि एक वर्गले उनको आलोचना गरेको थियो।

साराले भनिन्, ‘म आफ्नो कामलाई निकै गम्भीरतापूर्वक लिन्छु। म जनताको लागि काम गर्छु… यदि तपाईंलाई मेरो काम मन पर्दैन भने मलाई नराम्रो लाग्छ तर यो मेरो व्यक्तिगत विश्वास हो त व्यक्तिगत विश्वास हो। सबैभन्दा महत्त्वपूर्ण कुरा यो तपाईंलाई त्यहाँको माहोल र त्यहाँबाछ पाउने ऊर्जा राम्रो लाग्नुपर्यो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP