शुक्रबार , जेठ २४, २०८२

एजेन्सी : अभिनेत्री सारा अली खानले मध्यप्रदेशको उज्जैनस्थित महाकाल मन्दिरको दर्शन गरेपछि आफूलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गरेकी छन्।

सामाजिक सञ्जालमार्फतले उनले आफ्नो व्यक्तिगत आस्थामाथि कसैले पनि हमला नगर्न आग्रह गरेकी छन्।

उनले भनेकी छन्, ‘यो मेरो व्यक्तिगत विश्वास हो, म अजमेर शरीफ पनि त्यत्तिकै भक्तिका साथ जान्छु जति भक्तिका साथ बंगला साहिब अनि जति भक्तिका साथ महाकाल मन्दिर। जो बोल्न चाहन्छ बोल्न सक्छ, मलाई कुनै समस्या छैन।’

सारा अली खानको फिल्म ‘जरा हटके जरा बचाके’ रिलिज हुन लागेको छ, जसलाई लिएर उनले देशभर प्रचार गरिरहेकी छन्।

यसै सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले ट्रोलिङको विषयमा आफ्नो मौनता तोडेकी हुन्।

उनले हालै उज्जैनको महाकाल मन्दिरको दर्शन गरेपछि एक वर्गले उनको आलोचना गरेको थियो।

साराले भनिन्, ‘म आफ्नो कामलाई निकै गम्भीरतापूर्वक लिन्छु। म जनताको लागि काम गर्छु… यदि तपाईंलाई मेरो काम मन पर्दैन भने मलाई नराम्रो लाग्छ तर यो मेरो व्यक्तिगत विश्वास हो त व्यक्तिगत विश्वास हो। सबैभन्दा महत्त्वपूर्ण कुरा यो तपाईंलाई त्यहाँको माहोल र त्यहाँबाछ पाउने ऊर्जा राम्रो लाग्नुपर्यो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने


TOP