मंगलबार , बैसाख २९, २०८३

म्याग्दी : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा सत्तामा जानेभन्दा पनि आफ्नो पार्टीलाई कसरी जनतासमक्ष लोकप्रिय बनाउने भन्नेतर्फ लाग्नुपर्ने बताएका बताएका छन्।

आइतबार नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको कांग्रेस म्याग्दीका पूर्वपार्टी सभापती तथा वरिष्ठ नेता डा. भूपेन्द्रबहादुर खड्काको छैटौँ दिनको तिथिमा आयोजित श्रद्धाञ्जलि सभामा कांग्रेस आन्तरिक किचलोमा फसेको पाैडेलले स्पष्ट पारे। साथै उनले मिलेर कांग्रेसलाई जनताको पहिलो पार्टी बनाउनुपर्ने बताए।

अहिलेको अवस्थामा कांग्रेसले समीक्षा गर्ने बेला आएको, अरुको पार्टी कहिले विभाजन हुन्छ र सत्तामा जान पाइन्छ भनेर बस्नुभदा पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने उनको भनाइ थियो।

नेता पौडेलले कम्युनिष्ट फुटेर चिरा चिरा पर्दा समेत कांग्रेसप्रति जनता आउन नसक्नुको पछाडि कांग्रेसको नै कमजोरी रहेको भन्दै अब कांग्रेस सच्चिएर जानुपर्ने बताए।

पौडेलले ओली सरकारलाई अविश्वासको प्रस्ताव लगेर देशलाई संकटबाट बचाउन, देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्ने बताए।

संविधानको हत्या गर्न खोज्ने केपी शर्मा ओलीको सरकारलाई हटाउने अभियानको नेतृत्व कांग्रेसले लिनुपर्ने पनि उनको भनाइ थियो। संविधान हत्या गर्ने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नु लोकतन्त्रविरोधीलाई समर्थन गर्नु भएको उनले बताए। संसदमा पेस हुने अविश्वास प्रस्तावमा कांग्रेसले कुनै पनि हालतमा साथ दिनुपर्ने पनि उनको भनाइ थियो।

मागभन्दा एक कदम अघि बढेर गरिएको अदालतको पछिल्लो फैसला पनि अर्को विकृति भएको भन्दै ओलीमा राजनीतिक आचरण र नैतिकता नभएको समेत पाैडेलले आरोप लगाए।

श्रद्धाञ्जलिमा म्याग्दी, बागलुङ र पर्वतका कांग्रेस नेताहरूको समेत सहभागिता रहेको थियो।

बेनी नगरपालिका–८ संगमचोक निवासी खड्काको गत मंगलबार ८० वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचार क्रममा निधन भएको थियो। खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल जिल्ला कार्यसमितिको सभापति बनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP