मंगलबार , असार २३, २०८३

नेपालमा कलाकारहरुलाई विभिन्न उपाधि दिने अचेल होडबाजी छ । कलाकारहरु पनि खुसी हुँदै उपाधि लिइरहेका छन् । यस्तैमा अभिनेत्री विपना थापालाई ‘युग नायिका’को उपाधि प्रदान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित ‘स्पर्श म्यूजिक भिडियो अवार्ड’मा उनलाई अभिनयको माध्यमबाट नेपाली फिल्ममा ठूलो योगदान पुर्‍याएको भन्दै उक्त उपाधिबाट सम्मान गरिएको हो ।

उनलाई फिल्म ‘जन्मभूमि’बाट अभिनेत्रीको रुपमा डेब्यू गराउने निर्देशक मोहन निरौला, नृत्य निर्देशक कमल राई र छायाँकार राजु केसीले विपनालाई ‘युग नायिका’को उपाधि प्रदान गरेका हुन् । कार्यक्रममा कोरियोग्राफर राईले विपनासँग आफूले २०/२५ वटा फिल्ममा काम गरेको स्मरण गर्दै उनको मिहिनेतको खुलेर प्रशंसा गरे । विपनाले ‘डान्स स्टेप’ चाँडै टिप्ने गरेको पनि उनले बताए ।

त्यस्तै, निर्देशक निरौलाले विपनालाई फिल्म अफर गर्दाको क्षण सम्झँदै भने, ‘मैले २०५१ सालमा ‘जन्मभूमि’ बनाएको थिएँ । हामीले धेरै नायिका खोज्यौं । एकदिन म बुटिकमा बसिरहेको थिएँ । त्यही बुटिकमा मैले विपनालाई देखेको थिएँ । उनी ज्यादै राम्रो थिइन् । अनि मैले उनलाई बोलाएर फिल्ममा काम गर्छौं भनेर सोधेँ । उनले पनि काम गर्ने इच्छा देखाएपछि उनलाई फिल्ममा भित्रायौं ।’

निर्देशक निरौलाले विपनासँग काम गर्न एकदमै सजिलो भएको अनुभव पनि सुनाए । ‘हामीले उनलाई अभिनय र नृत्यको प्रशिक्षण गर्नु परेको थिएन । ‘जन्मभूमि’पछि उनलाई फिल्महरु आफैं आउन थालेँ,’ उनले भने, ‘उनको राम्रो डिमान्ड रहँदा रहँदै विवाह गरेर पलायन भइन् । हाम्रो इन्डस्ट्रीलाई ज्यादै घाटा भएको छ । यस्तो कलाकार हामी फेरि भेट्दैनौं । यसमानेमा म गर्व महसुस गर्छु ।’

उक्त अवार्ड कार्यक्रममा सहभागी हुन विपना बिहीबार भारतबाट नेपाल आएकी थिइन् । कार्यक्रममा उनीद्वारा अभिनीत फिल्मका चर्चित गीतहरुमा अभिनेत्री नम्रता सापकोटा, अभिनेताद्वय दिक्पाल कार्की, यशराजलगायतले नृत्य गर्दै ‘ट्रिब्यूट’ समेत दिएका थिए । अभिनेत्री थापाले पनि आफू अभिनीत फिल्म ‘समुन’मा समावेश चर्चित गीत ‘आगो लाग्यो दिलैमा’मा नृत्य प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP