सोमबार , अषोज २६, २०८३

चिरन बराल
०८०/२/१५
बुटवल वडा नम्बर १३ बेलबास स्थित शिवालय मन्दिर हाता भित्र आज गणतन्त्र दिवसकाे सन्दर्भ पारेर जितेश्वरी टाेल विकास संस्थाले सरसफाइ कार्यक्रम सम्पन्न गरेकाे छ। बुटवल उप महानगरपालिका वडा नम्बर १२ र १३ अन्तरगत जितगढी देखि तामनगर सम्मकाे राजमार्ग वरपर सफाइ गर्ने र यस दुई वडालाई स्वच्छ सफा हरियाली वडाकाे रपमा बिकास गर्ने भन्नेबारे नगरपालिका , वडा तथा सरसफाइ सम्बन्धि संस्थाकाे निर्णय अनुसार आजवाट त्यसकाे सुरुवात गरिएकाे थियाे साेही सन्दर्भमा बुटवल उप महानगरपालिका वार्ड नम्बर १३ स्थित जितेश्वरी टाेल विकास संस्थाले बेलबास स्थित शिवालय मन्दिर हातामा सरसफाइ गर्ने साेच बनायाे र उक्त हाता भित्र प्रवेश गर्ने बितिकै सुकेका पात पतिङ्गरले पुरै ढाकेकाे घाँस उम्रेर झाडी हुने अवस्थामा पुगेकाे र अर्काे दुखलाग्दाे कुराे त मन्दिर भित्र रहेकाे हलकाे बाहिर पट्टि वर्षाै देखि कार्यक्रम गर्नेहरुले फालेका पानीका बाेतल खाजा नास्ता खाएर फालेका कागजका चम्चा पेलेट जुठाेपिठाे र बेलाबेलामा दिईने भ्याक्सिन सुई आदिका खाली बाेतलहरु लापरबाही तवरले फालिएकाे भेटिएकाे थियाे।



यति सम्म कि काेराेनाेकालमा दिईएका भ्याक्सिनका सिसिहरु समेत सफा गर्ने क्रममा त्याहाँ भेटिएकाे थियाे। मन्दिर संचालक समितिले एक दिन हल प्रयोग गरे बापत रु १५००/२००० सम्म भाडा लिन्छ। मन्दिरका पुजारी पुजा गर्न र दक्षिणा बटुल्न बाहेक सरसफाइमा चासाे न दिने कुरा तेहिका एक स्थानिय बासीले बताए। हिन्दुहरुका अराध्यदेव शिव विरजमान हुने शिव मन्दिर जस्ताे पवित्र स्थलमा फाेहाेर गर्दा शिवले कति सरापे हाेलान। त्यसताे फाेहाेरै फाेहाेरकाे डङ्गुरमा शिवजीलाई राख्दा के ती सम्बन्धित व्यक्तिहरुकाे फलिफाप हाेला। प्रत्येक हप्ता नगरपालिकााे फाेहाेर लिने गाडी बनताबरणकाे गित घन्काउदै आउदा पनि सुन्दैनन र हाे कि। आज सबैतिर चिटिक्क पारेर सबै फाेहाेर ब्यबस्थापन गरीएकाे छ। संधै यस्तै सफा र सुग्घर देख्न पाईयाेस, सम्बन्धित पक्षकाे ध्यान जाओस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP