शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं : केही समयको विश्रामपछि गायिका समीक्षा अधिकारी नयाँ गीतसहित आएकी छिन्। पशुपति शर्माको रचना र संगीतमा उनले ‘आफ्नो आफ्नो दुःख’ नामको गीत गाएकी हुन्।

गीत शर्माकै युट्युब च्यानलबाट सार्वजनिक भएको छ। हरेकको जीवनमा फरक–फरक दुःख कष्ट हुने अनि त्यसलाई झेल्नुपर्ने प्रसंग उल्लेख गीतको फिमेल भर्सन उनले गाएकी हुन्।

गीतमा उनी भन्छिन्, ‘मेरो कुरा काट्नेको मन रुँदैन कि, तिम्रो पिर, मेरो पिर एकै हुँदैन कि।’

सामान्य चौतारामा बसेर म्युजिक भिडियो बनाइएको गीत चार लाख बढि दर्शकले हेरिसकेका छन्।

गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका छन्। दुर्गा पौडेलको निर्देशनमा गीतमा भिडियो बनाइएको हो। भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन्।

गायिका अधिकारी हालै अष्ट्रेलियाबाट नेपाल फर्किएकी थिइन्। नेपाल फर्किए लगत्तै उनी संगीत क्षेत्रमा सक्रिय भएकी हुन्। यस अगाडि उनले गाएका गीतहरू चर्चित भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP