शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको स्वर रहेको गीत ‘साहुकी छोरी’को भिडियो सार्वजनिक भएको छ । गुल्मीको रुपाकोटमा जन्मी बुटवलको मणिग्राममा स्थायी बसोबास गरी २००९ देखी अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका गायक पोखरेलको काली मोरी २ एल्बममा समावेश गीत साहुकी छोरी आज सार्वजनिक भएको हो ।

गीतमा शिव पलाँस अधिकारीको शब्द, एस डी योगीको संगीत, रिकेश गुरुङको एरेन्ज रहेको छ । भिडियोमा कमल सिंह, ललना चिमरिया र प्रकाश घिमिरे फिचर्ड छन् । मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन, बुद्ध थापाको छायाङ्कन छ ।

विदेशमै रहे पनि गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका गायक पोखरेलले पहिलो औपचारिक गीत २००१ मा जानु पर्‍यो नि म त लाहुर बाट सुरुवात गरेका थिए । उनका करिब २ दर्जन भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । विगतमा गरेका २ सोलो एल्बम शीतल, अराइज हो भने अस्ट्रेलियाबाट सामूहिक गीति एल्बम ‘उडान’ पनि २ वर्ष अगाडि रिलिज गरेका थिए ।

पोखरेलका दर्शक श्रोताले मन पराएका रातो रिबन, काली मोरी, तिमी छैनौ त छैन शीतल, मैले झैँ मर्ने बारे सोध्छौ होला, कति बज्यो भनेर सोधम कि लगायत गीतहरू हुन् ।

उनले अस्ट्रेलियामा हुने संगीतिक कार्यक्रममा प्रस्तुतसँगै विभिन्न सांगीतिक कार्यक्रमको आयोजना पनि गदै आइरहेका छन् । उनले गाएका पछिल्ला आफ्ना गीत संगीतहरु आफ्नै युट्युब च्यानलबाट रिलिज गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP