शुक्रबार , भाद्र १२, २०८३

बलिउडका चर्चित कलाकार आशीष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका छन्।

विद्यार्थीले आसामकी रुपाली बरुआसँग विवाह गरेका हुन्। दुवैले कोर्ट म्यारिज गरेका छन्। उनको पोस्टमा फ्यान र सेलिब्रेटीहरूबाट बधाईको वर्षा पनि सुरु भएको छ।

सामाजिक सञ्जालमा अभिनेताको विवाहको तस्बिर पनि सार्वजनिक भएको छ, जसलाई हेरेर फ्यानहरूले पनि तीव्र प्रतिक्रिया दिइरहेका छन्।

विद्यार्थीले बिहीबार अदालती विवाह गरेका हुन्। उनीहरूले एउटा सानो कार्यक्रम पनि राखे। जहाँ सबै साथी र परिवारका सदस्यहरू उपस्थित थिए। राष्ट्रिय पुरस्कार विजेता अभिनेता र उनकी नवदुलही बरुआ विवाहको पोशाकमा सजिएका थिए। दुवैले घाँटीमा फूलको माला लगाएका थिए।

विद्यार्थीले दोस्रो बिहेको प्रतिक्रिया दिएका छन्। उनले भनेका, ‘जीवनको यो चरणमा रुपालीसँग विवाह गर्न पाउँदा निकै खुसी लागेको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP