मंगलबार , बैसाख २९, २०८३

बुटवल । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा शुक्रबारदेखि चलेको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आइतबार बिहान सम्पन्न भएको छ । सम्पन्न महाधिवेशनले संघको सस्थापक अध्यक्ष बिनोद पहाडीलाई पुन: अध्यक्षमा सर्वसम्मत निर्बाचित गरेको छ । संविधान सभा सदस्य रहि सकेका पहाडी नेपाल पत्रकार महाससंघ रुपन्देहीका पुर्व अध्यक्ष समेत हुन ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, खुल्ला उपाध्यक्ष मिलन परियार, प्रदेश उपाध्यक्षहरुमा पर्वर पोर्तेल, भोला पासवान, बुद्धि बिस्वकर्म दिपक परियार, बिनोद परियार, टेकेन्द्र् बिश्वकर्मा र करन ताम्राकार, सर्वसम्मत निर्वाचित भएका छ्न । महासचिवमा लक्ष्मण दर्नाल निर्बाचित भएका छन । सचिवहरूमा सन्तोष गन्धर्व , रिता बुढाथोकी , बिरु नेपाली निर्बाचित भएका छन ।

कोषाध्यक्ष भिम बहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन । पदाधिकारी सहित ४१ सदस्यीय केन्द्रिय कमिटी निर्बाचित भएका छन्। त्यस्तै ३ सदस्यीय अनुसासन आयोग समेत गठन भएको छ । केन्द्रीय सदस्री खुल्लातर्फ अम्मर सुनार , राधेश्याम बिक , प्रमिण गजमेर , प्रेम सुनार , सरिता बराइली , मानसिङ्ग बिक , पिबि दियाली , सन्जय सौगात , राजेश सुनाम , वस न्त बिक , भिम बहादुर नेपाली गन्धर्व , राजन गाउले , वसन्त बिश्वकर्मा , किशान सङ्गित नेपालि निर्वाचित भएका छन ।

महिला सदस्य फ्लू सुनार सुनार ,पुर्णिामा जनला, राधा नेप,अनित कुमारी , सुनित नेपाली ,शान्ति गज्मेर, र मालती बि क निर्वाचित भएका छन । नवनिर्वाचित केन्द्रिय समितिलाई निर्वाचन मण्डलका अध्यक्ष अधिबक्ता , मोहन सङ्कर सुन्दर गहतराज, खिमलाल भुसाल , बरिष्ठ पत्रकार उमिद बागचन , नेपाल पत्रकार महा संघका केन्द्रिय सचिव रेम बिश्वकर्मा र राज्य टेलिभिजनका प्रबन्ध निर्देशक बिष्णुप्रसाद भुसालले शुभकामना मन्तब्य राखेका थिए ।

सपथग्रहण पछि पहिलो बैठक बस्दैछ । शुक्रबार पूर्व प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले  महाधिवेशनको उदघाटन गरेका थिए भने नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP