सोमबार , अषोज २६, २०८३

काठमाडौँ : सेयर लगानीकर्ताहरूले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर अनुमति पत्र (लाइसेन्स) को प्रक्रियामा स्वार्थी समूह हाबी भएको भन्दै प्रक्रिया नरोक्न माग गरेका छन्।

बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्दै उनीहरूले संसद्मा स्वार्थी समूह हाबी भएको भन्दै ध्यानाकर्षण गराएका थिए।

नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सिराम ढकाल, सेयर लगानीकर्ता सङ्घ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पुजिबजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले लगानीकर्ताको मुख्य माग स्टक एक्सचेन्ज र नयाँ ब्रोकरको लाइसेन्स प्रक्रिया भएको बताएका थिए।

नयाँ स्टक एक्जेन्जको प्रक्रिया अगाडि बढे पनि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्रक्रिया रोकिएको छ।

उनीहरूले सेयर बजारका लगानीकर्ताको माग सम्बोधनमा प्रधानमन्त्रीसहित राज्य गम्भिर हुन् समेत आग्रह गरेका थिए।

उनीहरूले संसद्मा सेयर बजारका विषयमा स्वार्थी समूहको वकालत भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
लगानीकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले संसद्मा उठेका विषयमा छानबिनमा केही नदेखिएकाले प्रक्रिया चाडै सुरु हुने बताएको भेटमा एक सहभागीले बताए।

उनीहरूले सेयर कर्जामा लगाइएको १ सय ५० प्रतिशतको जोखिम भारित औसतलाई सय प्रतिशत कायम गर्न, लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताको रूपमा विभाजन गरी सोहीअनुरूप अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउन समेत माग गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP