सोमबार , अषोज २६, २०८३

अस्ट्रेलिया: विगत ७ वर्षदेखि कारलाई नै घर बनाएर बसेका एक वृद्ध शिक्षकलाई विद्यार्थीले जन्मदिनमा नयाँ कार उपहार दिएका छन्।

अमेरिकाको क्यालिफोर्निया राज्यका एक छात्रले आफ्ना शिक्षकको ७७ औं जन्मदिनको अवसरमा कार उपहार दिएका हुन्। जोस भिलरुएल नामका ती शिक्षकले विगत सात वर्षदेखि २४ वर्ष पुरानो फोर्ड थंडरबर्ड एलएक्स कारलाई नै घर बनाएर बसिरहेका थिए।​

जोसे क्यालिफोर्नियाको फन्टानामा स्कूल पढाउँछन्। त्यहाँबाट कमाएको रकम उनले मेक्सिकोमा बस्ने आफ्नो परिवारका लागि खर्च गर्दा उनीसँग बस्ने कोठा थिएन। आफूलाई विद्यार्थीले २० लाख रुपैयाँ पर्ने कार दिएपछि भावुक हुँदै उनले भनेका छन्, ‘सायद मेरो जीवनमा केही परिवर्तन जरुर हुनेछ।’

कार उपहार दिने छात्र स्टीभनले शिक्षकलाई दयाले भन्दा पनि सम्मान गरेर आफूले कार उपहार दिएको बताएका छन्। ‘उहाँले मजस्ता धेरै बच्चाहरू जिन्दगी शानदार बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको छ’, उनले भने, ‘धेरै वर्षदेखि उहाँलाई त्यो कारमा बसेको प्रत्यक्ष देखिरहेको छु, यो देखेपछि एक दिन मैले सहयोग गर्ने निर्णय गरें।’

उनले त्यसपछि एउटा फन्डमा पैसा बचत गर्न थालेका थिए। आफ्नो लक्ष्य ५ हजार पुर्‍याउने भएपनि ५ गुणा रकम उठाउन सफल भएको ती विद्यार्थीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP