
काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि केन्द्रीय कमिटि बैठक बस्न लागेको हो।स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बैठकमा एमालेमा गएका नेतालाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थनलगायत विषयमा छलफल हुनेछ।
साथै बैठकमा सर्वोच्चको फैसलापछि पार्टीमा नफर्कने माओवादी नेताहरुलाई शनिबार सोधिएको २४ घण्टे स्पष्टिकरणबारे पनि समीक्षा गरिने बताइएको छ। शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहितका ६ मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो।
नेकपा माओवादी केन्द्र का २३ जना नेतालाई नेकपा एमालेले केन्द्रीय सदस्य मनोनित गरेको थियो।