मंगलबार , अषोज २७, २०८३

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिक स्तर माथि पुग्दैमा मुलुक सम्बृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन् । प्रकाश विकल्पट्ठारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समग्र मानव समाज सामाजिक न्याय सहितको सभ्यताको उचाईमा अग्रसर भएमात्र सोही आधारमा सम्बृद्धिलाई नाप्न सकिने बताएका हुन् । मानिस हुनुको नाताले चेतनाको स्तर निरन्तर अघि बढेको छ कि छैन भन्ने कुरा प्रमुख कुरा भएकोे भन्दै उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई सम्मृद्धि मान्न नसकिने बताए ।

उनले भने “सम्बृद्धि केलाई भन्ने ? केही मुठ्ठीभर व्यक्तिहरु अरबपति, खरबपति भए अरु धेरै व्यक्तिहरुले सामान्य मानविय सुविधा त प्राप्त गरे तर धनी र गरिबको ग्याव, सामाजिक न्यायको स्तर, मानिसको चेतनाको स्तर र सभ्यताको स्तरमा अन्तर पर्यो भने त्यसलाई सम्मृद्धि भन्न सकिदैन । समग्र मानव समाज नै एउटा हारमोनिममा, एउटा तादात्म्यमा सामाजिक न्याय सहित सभ्यताको एउटा नयाँ उचाई छुँदै अगाडि बढेको छ कि छैन भन्ने नै मुख्य कुरा हो । ”

उनले समाज र जनताले नेता पैदा गर्ने भएकाले जनताको चेतनास्तरको महत्वपूर्ण भुमिका रहेको बताए । लुसुन भन्ने महान कविले नेताका बारेमा भनेका कुराको दृष्टान्त दिदै उनले जनताको चेतनास्तर राम्रो र असल भए नेतालाई पनि असल बन्न कर लाग्ने बताए ।

उनले भने “नेताहरु भनेको समाज र जनताले पैदा गर्ने कुरा हो । इतिहास र चेतनाको निर्माता जनता हो । नेता होइन । नेता मुख्य होइन । जनता मुख्य हो । जनताको चेतनाको स्तर आम रुपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मन्छन् भन्ने निर्धारण गर्छ । नेताले जनता निर्धारण धेरै गर्दैन । निर्णायक र मुख्य जनता हो । वर्गसंघर्ष , उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोगबाट बन्ने एभरेज सामाजिक चेतनाले नेतृत्व जन्माउने हो ।

एकथरी मान्छेलाई आदत भयो नेतालाई गाली गर्ने । त्यो सुनेपछि लुसुन भन्ने महान कवि ले भन्नुभएको थियो –जनता नै खराब भएकाले नेता खराब भएका । तपाईहरु असल हुनु त नेता असल नभई सुख पाउँछ त ? –नेताहरु जनता र इतिहासले नै पैदा गर्ने हो । जनताले नै संघर्षबाट पैदा हुने नेतृत्वको जिम्मेवारी र आकांक्षा परिपूर्तिका लागि समर्पित र योग्यता राख्छ कि राख्दैन भन्ने नै हो ।”

प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्यापले समृद्धिको सवालमा कयौ प्रश्नहरु उठाएको भन्दै उनले तीनै प्रश्न, उत्तर र बहसको बीचबाट नै सम्बृद्धिको रोडम्याप अझै परिष्कृत हुदै जाने विश्वास व्यक्त गर्नुभयो ।

उनले भने “सम्बृद्धिको रोडम्याप पढ्दै जाँदा तपाईहरुले देख्ने थुप्रै प्रश्न हुन्छन् । म अहिले यसलाई उत्तर आईसकेको किताबको रुपमा पनि भन्न चाहन्न । यसले प्रश्न धेरै उठाएको छ । बहस नयाँ ढंगले उठाउन जमर्को गरेको छ । त्यही प्रश्न, उत्तर र बहसको बीचबाट नै सम्बृद्धिको रोडम्याप अझै परिष्कृत हुदै जान्छ भन्ने मैल ठान्दछु । ”

पुस्तकमा आफुलाई गाली गर्नेहरुको जमातलाई विभिन्न नेताका क्रियाकलापसंग तुलना गरेर लेखकले जवाफ दिने चेष्टा गरेको उल्लेख गर्दै उनले विरोधीले गरेको आलोचना भन्दा पनि आफ्नो वर्गले आफुलाई ठिक ढंगले चिन्यो कि चिनेन भन्नेमा आफु बढी संवेदनशील हुने गरेको उल्लेख गरे । अध्यक्ष दाहालले मन नपराउनेहरुको एक समुहले धेरै पहिले आफूलाई मार्न खोजेको, “जियाडोनो ग्रिनो” बनाउन खोजेको तर जनताले बचाएको उल्लेख गर्दे आफ्नो लडाई प्रधानमन्त्रीका लागि नभइ तीनै लक्षित वर्ग र समुहदायको हितको लागि भएको स्पष्ट पारे ।

उनले भने “यथास्थितिबादी, परम्परावादी, लामो समय राज्य संञ्चालन जिम्मा लिएका मान्छेहरूलाई नाम पनि मन पर्दैन । काम पनि मन पर्दैन । उनीहरुले कहीँ न कही टिप्पणी गरिनै राखेका हुन्छन् । मैले त्यसलाई अनौठो र अस्वभाविक मान्दिनँ । मलाई आफ्नै वर्गले ठिक ढंगले चिन्यो कि चिनेन ? भन्ने कुरा बढी चिन्ताको विषय बनेको छ । मेरा विरोधीले मलाई आरोप लगाउनु, गाली गर्नु र आलोचना गर्नु किनभने मलाई एकाथरीले त मलाई मार्ने खोजेको हो नि त । अहिले सम्म बाँचिरहिएको छ कताकताबाट । त्यो कस्ले बचायो भन्दा जनताले बचाएका हुन्, अरुले त होइन । जियाडोनो ग्रिनो त मलाई नै बनाउन खोज्या हो नि त । तर म दुई चोटी प्रधानमन्त्री भईसकेँ । अब मलाई प्रधानमन्त्री बन्ने हतारो पनि छैन । प्रधानमन्त्रीको निम्तिको लडाई पनि होइन मेरो । ”

आलोचकहरूले आफ्ना बारेमा धेरै नकारात्मक प्रचारबाजी गरेर जनतामाझ नराम्रो छवि बनाउने कोशिष गरे उल्लेख गर्दै उनले लेखकले भने यथाअवस्थालाई छर्लङ्ग राखेको भन्दै लेखनीको प्रशंसा पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP