मंगलबार , असार २३, २०८३

कहिले काहीँ नपत्याउने खोलाले बगाउँछ भन्ने एउटा उदाहरण बलिउड फिल्म ‘द केरल स्टोरी’ बनेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्ममा न ठूलो स्टारकास्ट छ न ठूलो लगानी छ । तर, फिल्मको दृश्यभाषा बलियो हुँदा व्यापार पनि बलियो बनेको छ । ८ करोड ३ लाखको ओपनिङ गर्दै बलिउडलाई ठूलो ‘सरप्राइज’ दिएको यो फिल्मले दोस्रो दिन ११ करोड २२ लाख जोडेको छ ।

दुई दिनमा १९ करोड २२ लाख कमाएको फिल्मले बक्सअफिसमा यात्रा लामो गर्न सक्नेछ । २८ करोडको लागतमा तयार भएको फिल्मले प्रदर्शनको तीन दिनमै लगानी सुरक्षित गर्ने देखिन्छ । र, प्रदर्शनको दोस्रो हप्ताको विकेन्डसम्ममा सय करोडको आँकडा नघाउन सक्ने प्रक्षेपण भारतीय ट्रेड एनालिस्टहरुको छ । प्रदर्शन अगाडि फिल्मको कथावस्तुलाई लिएर ठूलो विवाद भएको थियो ।

धेरैले ‘द केरल स्टोरी’को तुलना अभिनेता अनुपम खेर अभिनीत फिल्म ‘द कश्मीर फाइल्स’सँग पनि गरिरहेका छन् । दुवैले धार्मिक मुद्धा उठाएका छन् । ‘द कश्मीर फाइल्स’ले पहिलो दिन ३ करोड ५५ लाख कमाएको थियो भने दोस्रो दिन १४० प्रतिशत बढोत्तरी गर्दै ८ करोड ५० लाख जोडेको थियो । तर, यो फिल्मको दोस्रो दिनको व्यापार ‘द केरल स्टोरी’ले झन्डै पहिलो दिन नै गरेको छ ।

फिल्मले फरक-फरक पृष्ठभूमिका चार युवतीहरुको कथा पेश गरेको छ । इस्लाम (मुस्लिम) धर्मको नाममा भैरहेको कहालीलाग्दो पाटोलाई फिल्मले देखाएको छ । धर्म परिवर्तन गर्न लगाएर महिलाहरुलाई कसरी आईएसआईएसमा भर्ना गराउने काम भैरहेको छ भन्ने फिल्मले देखाउँछ । सत्य घटनामा आधारित भएर निर्माण भएको फिल्मलाई सुदीप्तो सेनले लेखन र निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP