मंगलबार , अषोज २७, २०८३

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीको बिरुद्धमा लड्नुपर्ने बेला भएको बताएका छन्। शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागुगर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिस्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताएका हुन्।

कम्युनिस्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्नेमा जोड दिए। ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो। ओली सरकार कस्तो प्रजातान्त्रिक संस्कार नभएको पार्टी हो बुझ्नै सकिएन’ देउवाले भने,‘कम्युनिस्ट एकदलीय सर्वसत्तावाद लागु गर्न चाहान्छ। झुटा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरूलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा मात्र सोच्छ।’

कांग्रेसले नै प्रजातन्त्रलाई स्थायी बनाउन सक्ने भन्दै देउवाले कसैले प्रजातन्त्रमाथि आक्रमण गर्न नसकोस् भनेर कांग्रेस सधैँ चिन्तित बनेको बताए। ‘सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडियो। पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडियो। देउवाले भने,‘अहिले पनि कम्युनिस्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुुपर्ने बेला भएको छ।’

कम्युनिस्टहरू प्रजातन्त्रको खिलापमा रहेको आरोप लगाउँदै देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नु आजको प्रमुख आवश्यकता भएको बताए। सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको औंल्याए। नेपाली कांग्रेसले लोभ र हतार गर्नु नहुँने भन्दै उनले परिस्थिति आइपर्यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पारे।

‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ। हाम्रो पार्टीले धेरै हतार गर्ने, लोभ गर्ने काम पनि छैन। र परिस्थिति पर्यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन।’ नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउँदै सभापति देउवाले महिलाहरूलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुँने बताए।

‘हाम्रो पार्टीले महिला दिदीबहिनीलाई पनि नेपालको संविधान अनुरुप बराबर नै ३३ प्रतिशत आरक्षण गरेका छौं’ देउवाले भने,‘महिलालाई पार्टीमा जबसम्म आकर्षित गर्न सकिदैन तबसम्म पार्टीको जित कहिल्यै हुँदैन। महिला शक्ति हो। जिताउन सक्छ महिलाले, हराउनपनि सक्छ। महिलालाई जस्तो अधिकार देशले दिएको छ त्यो अधिकार कांग्रेसले पनि दिएको छ। महिला मतदातालाई हाम्रो पार्टीमा आकर्षित बढी गराउनुपर्यो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP