सोमबार , अषोज २६, २०८३

काठमाडौँ । बालबालिकाको मानसिक र शारीरिक वृद्धिसँगै उनीहरूको रोग प्रतिरोधात्मक क्षमतालाई ५ खानेकुराले नराम्ररी असर गर्छ । कतिपय खानेकुरा यस्ता छन् जुन स्वादमा उत्कृष्ट भए पनि बालबालिकाको स्वास्थ्यका लागि राम्रा होइनन् । यस्ता खानेकुराको लगातार सेवनले बालबालिकाको कलेजोमा समेत क्षति पुर्‍याउँछ ।

फ्रेन्च फ्राइज : फ्रेन्च फ्राइज बालबालिकालाई धेरै मनपर्छ तर ट्रान्स फ्याट र क्यालोरीले भरिएको यो चिज बालबालिकाको पाचन क्रियाका लागि निकै हानिकारक हुन्छ ।

सफ्ट ड्रिंक्स : सोडा वा कोला पिउनाले टाइप–२ मधुमेह र मोटोपनको जोखिम बढाउँछ। आफ्ना छोराछोरीलाई प्याकेज गरिएको फलफूलको जुस खान नदिनुहोस्, यसमा सोडा, चिनी बाहेक केही हुँदैन ।

चिनी भएका खाना : चिनी प्रशस्त मात्रामा भएका खानेकुरामा फाइबर नगण्य हुन्छ। उदाहरणका लागि, क्रिम रोलहरूमा बोसो र चिनी बाहेक अरू कुनै पोषक तत्त्व हुँदैन। बालबालिकालाई १० ग्रामभन्दा कम चिनी र कम्तीमा तीन ग्राम फाइबर भएको खानेकुरा दिनुहोस्।

प्रशोधित खाना : धेरै अनुसन्धानहरूले भन्छ कि प्रशोधित रातो मासु, जस्तै हट डगले मधुमेह, कोलोन क्यान्सरको जोखिम बढाउन सक्छ। उदाहरणका लागि, हट डगमा सोडियम, फ्याट र नाइट्रेटले भरिएका हुन्छन्, जुन क्यान्सरको जोखिमसँग जोडिएको छ।

फलफूलको स्वाद भरिएका चीजहरू : फलफूलको स्वाद हुने बित्तिकै त्यो कुरा फलफूलबाट बनेको हुन्छ भनेर नबुझ्नुहोस्। उदाहरणको लागि फ्रुट केक वा गमीमा चिनी भरिएको छ । यो चिनी र केमिकलले भरिपूर्ण हुन्छ । यो बालबालिकाको दाँतमा टाँसिएर क्याभिटीको समस्या दिनसक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP